• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कुसुमको सांगीतिक यात्रा : लोक देखि आधुनिक गीतसम्म

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १३:४६
    3.3K
    SHARES
    कुसुमको सांगीतिक यात्रा : लोक देखि आधुनिक गीतसम्म

    बुटवल,०५ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा जन्मिएकी गायिका कल्पना कुसुम युकेमा हुने च्यारिटी कार्यक्रममा अतिथि कलाकारको रूपमा सहभागी हुने तयारीमा छिन् । गुल्मी जिल्ला युके समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रममा उनले आधुनिक तथा तीज–गीत प्रस्तुत गर्ने बताइएको छ।

    कुसुमले शिक्षा संकायमा स्नातकोत्तर पूरा गरेपछि हाल एलएलबी अध्ययनरत छिन् । तर, उनको पहिचानलाई विशेष बनाइदिएको क्षेत्र भने संगीत नै हो ।

    उनले २०७२ सालबाट संगीत यात्राको शुभारम्भ गर्दै त्यही वर्ष चर्चित ‘लेहेङ्गा लगाउँछु’ गीतबाट उत्कृष्ट तीज गायिका–२०७२ को उपाधि हात पारेकी थिइन् ।

    गीत–संगीतप्रतिको निरन्तर योगदानका लागि कुसुमले २०७२ यता आधुनिक र तीज गीतमा उल्लेख्य पहिचान बनाउँदै, लुम्बिनी विशाल अवार्ड २०८० मा पपुलर गायिका को सम्मान प्राप्त गरिन्।

    कुसुमको संगीत यात्रा नेपालमै सीमित छैन। उनले अस्ट्रेलिया, दुबई, भारत र चीनमा विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छिन् ।

    हाल कुसुम बुटवलस्थित न्यू होराइजन माविमा सांस्कृतिक विभाग संयोजक (Cultural Department Co-ordinator ) को रूपमा कार्यरत छन् । साथै, उनी नेपालका विभिन्न मेला–महोत्सवमा गायिका तथा उद्‌घोषक दुवै भूमिकामा निरन्तर सक्रिय छिन्।

    गुल्मी जिल्लाकै प्रतिभाले अन्तर्राष्ट्रिय च्यारिटी कार्यक्रममा सहभागिता जनाउन लागेपछि युकेमा रहेका नेपाली समुदायमा समेत उत्साह बढेको आयोजकले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १३:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP