• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

    • lumbinisanjal
    • २०८२ जेष्ठ २७, मंगलवार ०७:१९
    2.3K
    SHARES
    आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

    काठमाडौं,२७ जेठ । एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा जनाइएअनुसार आईफोन- १७ मा तीव्र गतिको वायरलेस फास्ट चार्जिङ प्रदान गर्नेछ ।

    पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट अनुसार यस पटक एप्पलले म्यागसेफ चार्जर अपडेट गर्ने सम्भावना धेरै छ । यसबाट आईफोन प्रयोगकर्ताहरूले द्रूत गतिमा चार्जिङ सुविधा पाउनेछन् ।

    यो ५० वाटको हुनसक्ने दाबी गरिएको छ । यो चार्जिङ क्षमता हाल कायम म्यागसेफ चार्जिङ क्षमताभन्दा लगभग तीन गुणा बढी हो ।

    दुई किसिमका यस्ता म्यागसेफ चार्जरको मोडल नम्बर ए३५०२ र ए३५०३ हुने दाबी गरिएको छ । ताइवानको राष्ट्रिय सञ्चार आयोगको डेटाबेसमा यसबारे सर्वप्रथम जानकारी दिइएको थियो ।

    यी चार्जरको डिजाइन र वाह्य आवरण पुरानैजस्तो देखिने जनाइएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २७, मंगलवार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP