• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    उच्च अदालत बुटवलको कार्यसम्पादनमा उल्लेखनीय सुधार, मुद्दा फर्छ्योट दर ८२ प्रतिशत

    • lumbinisanjal
    • २०८२ असार ३२, बुधबार १०:१४
    3.3K
    SHARES
    उच्च अदालत बुटवलको कार्यसम्पादनमा उल्लेखनीय सुधार, मुद्दा फर्छ्योट दर ८२ प्रतिशत

    बुटवल, ३२  असार । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आर्थिक वर्ष ०८१/८२ मा ३,२०९ वटा मुद्दा फर्छ्योट गरेको छ।

    अदालतको वार्षिक प्रतिवेदनअनुसार यो संख्या तोकिएको लक्ष्यको १३६.७३ प्रतिशत र जम्मा लगतको ८२.०१ प्रतिशत हो।

    अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८३२ मुद्दा र चालु वर्षमा दर्ता भएका ३,०८१ मुद्दा गरी कुल ३,९१३ मुद्दा रहेकामा, ३० असारसम्म ३,२०९ वटा मुद्दाको फैसला भएको हो। अघिल्लो वर्षबाट सरेका सबै मुद्दा फर्छ्योट भइसकेका छन्।

    फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनका लागि यो इजलासलाई नमुना अदालतका रूपमा तोकिएको थियो। उक्त योजनाअनुसार जिम्मेवारी सरेका सबै मुद्दा र चालु वर्षमा दर्ता भएका आधा मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिइएकोमा, मिसिल निरीक्षण अधिकृत तोकेर विशेष निरीक्षण र निर्देशन दिने कार्यसमेत गरिएको अदालतले जनाएको छ।

    निमित्त रजिस्ट्रार हरिगोपाल ज्ञवालीका अनुसार, छुट्टै अभियान फाँट गठन गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिएको हुँदा ८३२ जिम्मेवारी सरेका र ८३७ नयाँ दर्तातर्फका मुद्दा गरी लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्न सफल भएको हो।

    हाल अदालतमा बाँकी रहेका मुद्दामध्ये एक वर्षभन्दा पुराना मुद्दा एक थान पनि छैनन्। ६ महिनादेखि एक वर्ष अवधिभित्रका १०७ मुद्दा र ६ महिनाभित्रका ५९७ मुद्दा मात्रै बाँकी रहेको अदालतले जनाएको छ।

    मंगलबार आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उच्च अदालत बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्यले अदालतको कार्यसम्पादन, फैसला दर र मुद्दा व्यवस्थापनबारे जानकारी गराएका थिए। पत्रकारहरूसँगको संवादमा उनले केही मुद्दामा राति अबेरसम्म फैसला हुने कारणबारे स्पष्ट पार्दै “अर्को दिनमा सार्नेभन्दा पनि उसै दिन छिटो टुंगो लगाउन ढिलासम्म बसिन्छ,” भने।



    lumbinisanjal   
  • २०८२ असार ३२, बुधबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP