• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    डुबेर तीन जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार २०, शुक्रबार १२:२७
    2.6K
    SHARES
    डुबेर तीन जनाको मृत्यु

    बुटवल ,२० असार । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका ५ वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

    पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यसैगरी, सिराहाको लहान नगरपालिका-१८ सोभापुर बस्ने मोहमद बजिरकी छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

    डुबेर अशक्त भएकी उनको मनोकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ थुम्का बस्ने ५० वर्षीय डम्मर बहादुर घर्तीको सोही ठाउँस्थित सिँचाई ड्यामको पानीमा डुबेर बिहीबार राति मृत्यु भएको छ ।

    डुबेर अशक्त भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    lumbinisanjal   
  • २०८२ असार २०, शुक्रबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP