• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    संविधानलाई थप बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न र छरितो बनाऔँ : गगन थापा

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार १२:५८
    2.8K
    SHARES
    संविधानलाई थप बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न र छरितो बनाऔँ : गगन थापा

    बुटवल , ३० माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेको सरकार बन्दा संविधान संशोधनका सहमतीका बिषयमा प्रष्ट पार्दै उनले जिल्ला समन्वय समिति चाहिँदैन भन्ने निष्कर्षमा पुगेको बताएका हुन। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गणतन्त्र, संघीयता, समावेशिता, बहुलवाद, बहुलजाती र बहुलधार्मिक कुराहरु संशोधन नहुने तर केही बिषयलाई बदल्ने बताए।

    थापाले संविधानलाई थप बलियो बनाउनका प्रदेशलाई अधिकार सम्पन्न र छरितो बनाउनुपर्ने बताए।  महामन्त्री थापाले निर्वाचन प्रणाली समेत बदल्नुपर्ने बताए। उनले संविधान संशोधनका लागि नेकपा एमालेसँग बसेर सूची बनाउने त्यसपछि विपक्षीहरुलाई समेत साथ लिएर संशोधन गर्ने बताए। ‘एमालेसँग बसेर बदल्नुपर्ने सूची तयार गर्छौँ, त्यसपछि माओवादी, रास्वपा राप्रपासँग बसेर सबैको साझा ऐजेन्डा बनाएर संविधान संशोधन गर्नेछौँ,’ उनले भने।

    महामन्त्री थापाले नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढ्ने बताए। यस्तै उनले वर्तमान सरकारको विकल्प काँग्रेसले नखोज्ने बताए। उनले २०७७ को निर्वाचनपछि नेकपाको सरकार बनेकोमा त्यतिखेर पनि कम्युनिस्ट पार्टीहरुकै कारण सरकारको नेतृत्व कांग्रेसले गर्नुपरेको स्मरण गर्दै ०७९ पछि पनि कम्युनिस्टहरुकै कारण कांग्रेस सरकारमा जानुपरेको बताए।

    थापाले काँग्रेस–एमालेको सरकार ८४ सम्म नै जाने बताए। ‘यो पटक समय खेर नफालौँ, आलोपालोमा सरकारको नेतृत्व हामीले गर्छौँ, सरकारको विकल्प खोज्न फेरी उपद्रो र चकचक गर्दैनौँ,’ उनले भने। उनले कांग्रेसले विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता नगर्ने बताए। ‘यो सरकारको विकल्प भनेको के हो? फेरी अर्को पार्टी खोज्दै जाने? अब यो पटक तीन वर्षको अधिकतम सदुपयोग गरौँ, सरकार नबदलौँ,’ उनले भने।



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP