• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    युरो र पाउन्डको मूल्य थप घट्यो, अमेरिकी र अस्ट्रेलियन डलर पनि सस्तिए

    • lumbinisanjal
    • २०८३ श्रावण २१, बिहीबार ०६:३७
    312
    SHARES
    युरो र पाउन्डको मूल्य थप घट्यो, अमेरिकी र अस्ट्रेलियन डलर पनि सस्तिए

    बुटवल । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

    हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको थियो भने युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको थियो।

    आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा थियो।

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७६ रुपैयाँ थियो।

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५५ पैसा थियो।

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा थियो।

    त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९७ रुपैयाँ ७५ पैसा थियो।

    आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ५४ पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

     



    lumbinisanjal   
  • २०८३ श्रावण २१, बिहीबार ०६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP