• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा राजस्व चुहावटमा ७ करोड बिगोदावी सहित मुद्दा दर्ता

    • lumbinisanjal
    • २०८२ असार १२, बिहीबार ११:०९
    4.1K
    SHARES
    राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा राजस्व चुहावटमा  ७ करोड बिगोदावी सहित मुद्दा दर्ता

    नवलपरासी जिल्ला , रामग्राम नगरपालिका, वडा नं ०८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मा बिरुद्ध मुद्धा दर्ता भएको हो ।

    बुटवल ,१२ असार। राजस्व अनुसन्धान विभागले राजस्व  अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध उच्च अदालत तुल्सिपुर, बुटवल इजलासमा राजस्व चुहावट सम्बन्धि मुद्दा दायर गरेको छ ।

    नवलपरासी जिल्ला (ब.सु.प.), रामग्राम नगरपालिका, वडा नं ०८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले ५० लाख भन्दा बढी रकमको कर योग्य वस्तुको बिक्री गरेको देखिएको थियो तर करदाता मू.अ.करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम कसुर गरेकोले निज प्रतिवादि सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो रु. ३,४७,६२,७५३।२३ (अक्षरुपि तीन करोड सड्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा) कायम गरिएको छ । यसो त सतप्रतिशत रकम जरिवाना हुदा करिब ७ करोड बिगो दावी सहित मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिबेक घिमिरेले जानकारी दिनुभयो ।

    प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको रू.११,७१,५०० (अक्षरुपी एघार लाख एकहत्तर हजार पाँच सय) बिगो कायम गरी मुद्धा दर्ता गरिएको राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान कार्यालयका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    निजहरुलाई कानुन बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना र हदै सम्मको कैद सजाय हुन र प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले कानुन बमोजिम आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले कानुन बमोजिम नै जरिवाना हुन मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

    कार्यालय प्रमुख बिबेक घिमिरेका अनुसार पछिल्लो समय राजस्व चुहावट गर्ने ब्यक्ती तथा कम्पनीलाई करको दायरामा ल्याई कार्यालयले चुस्त ढंगले कार्यसम्पादन गरेको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ असार १२, बिहीबार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP