• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गौतम बुद्ध स्मारक समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ बैशाख ३०, मंगलवार ११:१८
    3.3K
    SHARES
    गौतम बुद्ध स्मारक समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

    सैनामैना,३० बैशाख । सैनामैना नगरपालिका–६, कलौनीमा दुधराक्ष युवा क्लबको आयोजनामा सम्पन्न गौतम बुद्ध स्मारक समुद्घाटन तथा सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा माननीय भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

    उक्त अवसरमा नगर प्रमुख फणेन्द्र शर्मा, उप–प्रमुख बिना राना , निवर्तमान नगरप्रमुख तथा वडा अध्यक्षको विशेष उपस्थितिले कार्यक्रममा गौरव थपेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै युवा क्लबद्वारा निर्माण गरिएको गौतम बुद्ध स्मारकको समुद्घाटन गरिएको हो।

    दुधराक्ष युवा क्लबले बिभिन्न समयमा खेलकुदका कार्यकम सञ्चालन गर्नुका साथै स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहँदै आएको क्लबका सचिब तथा स्मारक संयोजक पदम पाण्डेले लुम्बिनी सञ्जाललाई जानकारी दिनुभयो । । स्मारक निर्माणमार्फत क्लबले शान्तिका प्रतीक गौतम बुद्धको योगदानलाई स्मरणीय बनाउने प्रयास गरेको हो। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने सांस्कृतिक प्रस्तुति तथा वक्ताहरूका प्रेरणादायी मन्तव्यहरूले वातावरण उल्लासमय बनाएको थियो।



    lumbinisanjal   
  • २०८२ बैशाख ३०, मंगलवार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP