• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार १३:०८
    3.9K
    SHARES
    छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो

    काठमाडौं,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति अस्वीकार गरेको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वमुख्यसचिव शंकरदाब वैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति स्वीकार नभएको बताएका हुन् ।

    ‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ उनले भने, ‘जसका उपर छानबिन गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ ।

    यसले न्याय दिँदैन ।’ राप्रपाले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । यसअघि रास्वपा पनि बैठक बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP