• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ २२, बिहीबार १६:३५
    2.8K
    SHARES
    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा

    काठमाडौं,२२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी पत्र संसद् सचिवालयमा पुगेको छ ।

    सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेको पत्र संसद् सचिवालयमा आइपुगेको जानकारी दिएका छन् ।

    अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा चलाएको छ। भ्रष्टाचार मुद्दा चलेकाले नेपाल सांसद पदबाट स्वत: निलम्बित हुनेछन् ।

    नेपालमा कुनै सांसद (प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वत: पद निलम्बन हुने कानुनी व्यवस्थासम्बन्धी प्रावधान नेपालको संविधान र भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ मा उल्लेख छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३० (निलम्बन सम्बन्धी व्यवस्था) अनुसार यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता गरे उक्त व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ।

    सांसद पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिको परिभाषामा पर्छन्। नेपालको संविधान, २०७२ को धारा २४४ मा (अख्तियारको अधिकार) बारे उल्लेख छ । अख्तियारले सार्वजनिक पदधारी व्यक्तिविरुद्ध अनुसन्धान गर्न र भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ।

    प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्यहरू संविधान अनुसार सार्वजनिक पदमा पर्ने भएका कारण उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रक्रिया लागु हुन्छ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २२, बिहीबार १६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP