• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    महालेखासँग नाफा घाटाको तालमेल नमिलेपछि अडिट गर्न कुलमान मानेनन् : उर्जामन्त्री खड्का

    • lumbinisanjal
    • २०८२ जेष्ठ ७, बुधबार १३:१३
    3.1K
    SHARES
    महालेखासँग नाफा घाटाको तालमेल नमिलेपछि अडिट गर्न कुलमान मानेनन् : उर्जामन्त्री खड्का

    काठमाडौं,७ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको वित्तीय अवस्थाकाबारेमा अन्योल भइरहेको अवस्थामा विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् ।

    उनले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरे । मन्त्री खड्काले अव प्राधिकरणको चाडै अडिट हुने जानकारी दिए । महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले दुबिधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनले बताए । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे ।

    बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफूहरू नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताए । सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको उनको भनाइ छ ।

    त्यस्तै सांसद सापकोटाले नेपालको विद्युत् क्षेत्रमा धेरै योगदान गरेको कुलमानलाई केही गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको धारणा राखे। उनले प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाइ समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गरे । सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गरे ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ७, बुधबार १३:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP