• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिकामा बालश्रम अन्त्यका लागि दुई दिने चेतनामूलक कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ ५, सोमबार २१:३३
    2.2K
    SHARES
    धुर्कोट गाउँपालिकामा बालश्रम अन्त्यका लागि दुई दिने चेतनामूलक कार्यक्रम सम्पन्न

    गुल्मी,५ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकामा बालश्रम अन्त्य गर्ने उद्देश्यले दुई दिने चेतनामूलक तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।

    “बालश्रम अन्त्य गरौं, बालबालिकालाई विद्यालय पठाऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा बालश्रमका कारण बालबालिकामा पर्ने सामाजिक, मानसिक र शैक्षिक असरबारे गम्भीर छलफल गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, रोजगार संयोजक चन्द्रकला पहराई र महिला विकास निरीक्षक सुजता गिरीले गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता धुर्कोट गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सीता गिरीले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष गिरीले बालश्रम अन्त्यका लागि सबै सरोकारवाला पक्षहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो

    “बालश्रम बालबालिकाको भविष्यमाथिको अन्याय हो। यसलाई अन्त्य गर्न गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेटसहित अघि बढ्ने छ। कार्यक्रमको सञ्चालन रोजगार संयोजक चन्द्रकला पहराईले गर्नुभएको थियो ।

    कार्यक्रमले धुर्कोट गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने तयारीमा थप ऊर्जा र सहकार्यको वातावरण निर्माण गरेको आयोजकको भनाइ छ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ५, सोमबार २१:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP