• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेवीसंघको अध्यक्षमा कटुवाल नियुक्त

    • lumbinisanjal
    • २०८३ जेष्ठ १८, सोमबार २१:२९
    195
    SHARES
    नेवीसंघको अध्यक्षमा कटुवाल नियुक्त

    काठमाडौं, १८ जेठ  । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष पदमा करुणा कटुवाल (धनकुटा) लाई नियुक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी विधानअनुसार स्वतः विघटन भएको नेविसंघको नेतृत्व कटुवाललाई सुम्पिएको हो।

    कांग्रेस सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकले नेविसंघलाई समयमै महाधिवेशनमार्फत नयाँ नेतृत्वमा लैजान विशेष जिम्मेवारीसहित कटुवाललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ। नवनियुक्त अध्यक्षलाई ११ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरिएको छ।

    कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कटुवालले तोकिएको समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप सशक्त, चलायमान र लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउने जिम्मेवारी पाएकी छन्।

    विद्यार्थी राजनीतिमा सक्रिय रूपमा परिचित कटुवालको नियुक्तिसँगै नेविसंघमा नयाँ ऊर्जा थपिने र लामो समयदेखि रोकिएको महाधिवेशन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस वृत्तमा यस निर्णयलाई विद्यार्थी संगठनको पुनर्गठन र सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    “नेविसंघमा नयाँ नेतृत्वसँगै अब महाधिवेशनको घडी सुरु भएको छ।” कांग्रेसको पछिल्लो निर्णयले विद्यार्थी राजनीतिमा नयाँ बहस र उत्साहसमेत थपेको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १८, सोमबार २१:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP