• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पाकिस्तानका प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक

    • lumbinisanjal
    • २०८२ बैशाख २४, बुधबार ०९:५८
    2.4K
    SHARES
    पाकिस्तानका प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक

    काठमाडौं, २४ बैशाख । भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

    पाकिस्तानका संघीय सूचनामन्त्री अतुल्लाह तरारका अनुसार, बैठकमा पाकिस्तानी सेनाका प्रमुख, गुप्तचर निकायका वरिष्ठ अधिकारी र सरकारका शीर्ष अधिकारीहरूको सहभागी हुनेछन् । बैठकमा अहिलेको राष्ट्रिय सुरक्षाको अवस्था, भारत आक्रमणको समीक्षा र आक्रमणको जवाफबारे छलफल हुनेछ ।

    पाकिस्तान नियन्त्रित कश्मीरमा भएको भारतीय आक्रमणपछि उच्च सुरक्षा अधिकारीको बैठक बोलाइएको पाकिस्तानी सञ्चारमाध्यले डेली टाइम्सले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २४, बुधबार ०९:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP