• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिका : अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै ह्विलचेयर र लठ्ठी वितरण

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार १४:५५
    4.3K
    SHARES
    धुर्कोट गाउँपालिका : अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै ह्विलचेयर र लठ्ठी वितरण

    बासुदेव पोखरेल
    चैत ,०४ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले `क´ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर र लठ्ठी वितरण गरेको छ। सामाजिक समावेशिता, समान सेवा पहुँच र अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले यो अभियान सञ्चालन गरेको हो ।

    धुर्कोट गाउँपालिकाको महिला, बालबालिका तथा समाज कल्याण इकाइमार्फत सञ्चालन गरिएको अपाङ्ग सहायता कार्यक्रम अन्तर्गत, धुर्कोट गाउँपालिका वडा नम्बर ४, जैसीथोकका क वर्गका अपाङ्ग रामबहादुर बि.क. र वडा नम्बर ७, बाग्लाका `क´ वर्गका अपाङ्ग महेन्द्र पन्थीलाई घरमै पुगेर ह्विलचेयर र लठ्ठी प्रदान गरिएको बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुजता गिरीले जानकारी दिइन्।


    अपाङ्गता समन्वय समितिको निर्णय पछि गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति संयोजक सिता गिरीको नेतृत्वमा समितिका सदस्यहरूको टोलीले घरमै पुगेर सामग्रीहरूको वितरण गरेको हो।

    सामग्री वितरण गर्दै उपाध्यक्ष सिता गिरीले “अपाङ्गता भएका नागरिकहरूलाई संस्थामा झुलाएर होइन, घरमै सेवा पुर्याएर सम्मान दिनु नै मानव सेवा भएको बताइन् । हामी उहाँहरूको आत्मबल बढाउने खालका कार्यक्रमलाई निरन्तरता दिनेछौं।”


    कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर कुँवर, वडा नम्बर ७ का वडा अध्यक्ष लिलाबहादुर खनाल, वडा सदस्यहरू र कर्मचारीहरूको उपस्थिति थियो। ह्विलचेयर र लठ्ठी पाएपछि लाभग्राहीहरूलाई निकै सहज भएको बताए। उनीहरूले यस सेवाको प्रशंसा गर्दै यसले आफ्नो जीवनमा महत्त्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो कदम हाम्रो जीवनलाई सहज र सम्मानजनक बनाउने प्रयास हो,” उनीहरूको भनाइ छ।

    धुर्कोट गाउँपालिकाको यस पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार १४:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP