• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बिजनेस टु कस्टमर समिट २०२५ काे तयारी पुरा

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार १६:०५
    2.1K
    SHARES
    बिजनेस टु कस्टमर समिट २०२५ काे तयारी पुरा

    बुटवल,२५ फाल्गुन । क्यान महासंघ रूपन्देहीले बुटवलमा आयोजना गर्ने तयारी गरेकोमा बिजनेस टु कस्टमर ( बिटुसी) समिट २०२५ काे सम्पुर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएका छन्।

    आज आईतवार सांझ क्यान महासंघ रुपन्देहीले पत्रकार सम्मेलन गरेर फागुन २६ र २७ गते आयोजना गरिन लागेको बिटुसि सम्मिटकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी दिएकाे हाे।

    क्यान महासंघ रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई याे प्रदशर्नीमा ध्यान दिइएकाे बताए। आइटिकाे चासाे राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेकाे तर यसमा आर्थिक काराेबारकाे कुनै लक्ष्य नरहेकाे उनलेे बताए।

    ” यहाँ कुनै आर्थिक काराेवार हुदैन, प्रदर्शनी भन्ने तर अवलोकनकर्तालाई टिकट बेच्ने राम्रो हाेईन्, आफ्नो सामानकाे जानकारी दिन आयोजना गरिएकोले टिकट लिने विषय उचित हुदैन तसर्थ निःशुुल्क प्रवेशकाे व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य हाे” उनले भने।

    सम्मिट संयाेजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले बिगतमा क्यान इन्फाेटेक गर्दै आएकोमा अहिले नयाँखालकाे कार्यक्रम ल्याएकाे बताए। अवलाेकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिकाे विषयमा जानकारी दिने मुख्य उदेश्य रहेकाे उनको भनाइ छ।

    क्यान महासंघ रुपन्देहीका सचिव सुरेश भट्टराईको सन्चालनमा सम्पन्न कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष समेत रहेका क्यान रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुवरले बिटुसी सम्मिट क्यान इन्फाेटेककाे रूपान्तरण भएकाे बताए। उनले आइटी पढ्ने, चासाे राख्ने र यसकाे नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेकाे बताए।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार १६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP