• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    विशाल भण्डारीको शब्दमा ‘माइत जाने हो’, तीजको मौलिक भाव बोकेको गीत सार्वजनिक

    • lumbinisanjal
    • २०८३ श्रावण ३०, शनिबार ०७:५९
    468
    SHARES
    विशाल भण्डारीको शब्दमा ‘माइत जाने हो’, तीजको मौलिक भाव बोकेको गीत सार्वजनिक

    बुटवल । गुल्मीको धुर्कोट वस्तु घर भई हाल जापानमा बसोबास गर्दै आउनुभएका गीतकार विशाल भण्डारीको शब्दमा तयार भएको नयाँ तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । तीजको मौलिकता, माइतीघरको सम्झना र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई शब्दमार्फत प्रस्तुत गरिएको गीतमा देवी घर्ती र महेन्द्र भण्डारीको स्वर रहेको छ।

    बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गीतमा महेन्द्र भण्डारीकै संगीत तथा एरेन्ज रहेको छ। खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ र सागर बाजुरालीले रेकर्डिङ गरेका छन्।

    विशाल भण्डारीले तीज पर्वसँग जोडिएको माइतीप्रतिको माया, भेटघाटको उत्साह र पारिवारिक सम्बन्धको भावनालाई केन्द्रमा राखेर गीतका शब्द सिर्जना गरेका छन्। गीतमा नेपाली समाजमा तीजले बोकेको सांस्कृतिक र भावनात्मक पक्षलाई सरल ढंगले प्रस्तुत गरिएको छ।

    गीतको भिडियोमा धुर्कोट बस्तुका दिदीबहिनीहरूको सहभागिता रहेको छ। जयन्द्र कुँवरको छायांकन, दिनपरी क्रिएसन टिमको निर्देशन तथा मिन रावलको सम्पादन र कलर रहेको भिडियो जनता डिजिटल फिल्म्सले पोस्ट गरेको हो।

    ‘तीज सङ २०८३’ अन्तर्गत सार्वजनिक गरिएको ‘माइत जाने हो’ गीत बिष्णु प्रसाद भण्डारी, सावित्रा भण्डारी, खेम घिमिरे र जमुना घिमिरेप्रति समर्पित गरिएको छ।

    तीजको सांस्कृतिक मौलिकता र माइतीघरको भावनालाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको ‘माइत जाने हो’ ले तीज गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।

    हेर्नुहोस् :



    lumbinisanjal   
  • २०८३ श्रावण ३०, शनिबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP