• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रारा तालकाे एक होटेलमा आगलागी, चार भवन जलेर नष्ट

    • lumbinisanjal
    • २०८१ फाल्गुन १५, बिहीबार ०४:३५
    1.4K
    SHARES
    रारा तालकाे एक होटेलमा आगलागी, चार भवन जलेर नष्ट

    मुगु , १५ फाल्गुन । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा बुधबार राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए ।

    आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP