• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    चितवनको राजमार्ग हुँदै सवारी चलाउन रोक

    • lumbinisanjal
    • २०८२ आश्विन १९, आईतवार ०९:५०
    2K
    SHARES
    चितवनको राजमार्ग हुँदै सवारी चलाउन रोक

    चितवन ,१९ असोज । चितवनको राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाबीचको बैठकले चितवन हुँदै चल्ने सवारीमा रोक लगाउने निर्णय गरेको हो।

    ‘आज रातीदेखि भइरहेको भारी वर्षाको कारण नारायणगढ-मुग्लिङ नागढुंगा सडक खण्डमा पहिरो गइरहेको, जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार मिति २०८२।०६।१९ र २० गतेसम्म वर्षा भइरहने पूर्वानुमान रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट मिति २०८२।०६।१८ गते प्रकाशित सूचना समेतलाई मध्यनजर गरी नारायणगढदेखि काठमाडौंतर्फ जाने र चितवन हुँदै अन्य जिल्लामा जाने अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधनहरुको आवत-जावत आज मिति २०८२।०६।१८ गते साँझ ६:०० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सरोकारवालामा जानकारीको लागि अनुरोध छ ।

    यो सूचना कार्यान्वयनमा आवश्यक सहयोग, समन्वय एवं सहजीकरण गरिदिनु हुन जिल्ला सुरक्षा समिति चितवन हार्दिक अनुरोध गर्दछ,’ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



    lumbinisanjal   
  • २०८२ आश्विन १९, आईतवार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP