• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिकाको आयोजनामा हाडहाडेमा एकीकृत घुम्ती शिविर

    • lumbinisanjal
    • २०८१ फाल्गुन २७, मंगलवार ०४:५६
    2.3K
    SHARES
    धुर्कोट गाउँपालिकाको आयोजनामा हाडहाडेमा एकीकृत घुम्ती शिविर

    बासुदेव पोखरेल 

    गुल्मी ,२७ फाल्गुण ।  धुर्कोट गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार वडा नं. ३ हाडहाडे स्थित वडा कार्यालयको प्रांगणमा आयोजित उक्त शिविरमा सयौं सेवाग्राहीहरूले विभिन्न सेवा सुविधा प्राप्त गरेका छन्।

    गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई थप सरल, सहज र सुविधायुक्त बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष पदम बहादुर बिष्टले जानकारी दिनुभयो।

    शिविरमा पशु, कृषि, स्वास्थ्य, आयुर्वेद, आँखाजाँच, जेष्ठ नागरिक परिचयपत्र वितरण लगायतका सेवा प्रदान गरिएको थियो।

    पशु सेवा अन्तर्गत २०५ जनाले सेवा लिएका छन्। गाईभैंसीका लागि ४०० वटा र बाख्राका लागि १३५० वटा औषधि वितरण गरिएको छ। साथै, २५ वटा एन्टि–रेविज खोपसमेत प्रदान गरिएको छ।

    कृषि सेवा अन्तर्गत २४७ जनालाई विउपल वितरण गरिएको छ।

    स्वास्थ्य सेवा अन्तर्गत १७८ जनाको निःशुल्क बिरामी जाँच तथा औषधि वितरण गरिएको छ भने १६ जना गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिएको छ। आयुर्वेद सेवा ८० जनाले प्राप्त गरेका छन्।

    त्यसैगरी, १३० जनाको आँखाको परीक्षण गरिएको छ भने २० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।

    एकै स्थानबाट विभिन्न सेवा प्रदान गरिएको यस शिविरबाट वडा नं. ३ का उल्लेखनीय संख्यामा सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको वडा अध्यक्ष बिष्टले बताउनुभयो।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २७, मंगलवार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP