• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डको सम्बोधन संगै बालेनको घरमा माओवादीको जागरणसभा

    • lumbinisanjal
    • २०८१ फाल्गुन २२, बिहीबार ०७:५१
    2.1K
    SHARES
    प्रचण्डको सम्बोधन संगै बालेनको घरमा माओवादीको जागरणसभा

    काठमाडौं, २२ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् ।

    एकडारा गाउँपालिका २ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो । माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए।

    उनले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’

    उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २२, बिहीबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP