• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सामोआविरुद्ध नेपालको उत्कृष्ट जित

    • lumbinisanjal
    • २०८२ आश्विन ३१, शुक्रबार १९:३०
    2.2K
    SHARES
    सामोआविरुद्ध नेपालको उत्कृष्ट जित

    काठमाडौं,३१ असोज । आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

    ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले सामोआलाई १ सय २४ रनले पराजित ग¥यो । नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।

    जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए ।

    त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

    आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे ।

    त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौैका प्रहार गरे ।

    आजको खेल जितेसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको छ ।



    lumbinisanjal   
  • २०८२ आश्विन ३१, शुक्रबार १९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP