• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पिएम एनभिए कप : महिलातर्फ डायमन्ड र पुलिस फाइनलमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार १५:४८
    2.7K
    SHARES
    पिएम एनभिए कप : महिलातर्फ डायमन्ड र पुलिस फाइनलमा

    कास्की, १३ जेठ । पोखरामा जारी नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार दोस्रो खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो। मंगलबारको खेलपछि साविक विजेता नेपाल पुलिस क्लबको फाइनलमा पुगेको छ।

    एपिएफलाई २५–१८, २५–२२ र २५–१६ ले हराउँदै न्यु डायमन्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमन्ड शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको पुलिसको ११ अंक छ। महिलातर्फ बुधबार पुलिस र न्यु डायमन्ड तथा एपिएफ र एभरेस्टबिच खेल हुनेछ। बिहीबार पुलिस र डायमन्डबिच फाइनल तथा एपिएफ र एभरेस्टबिच तेस्रोको लागि प्रतिस्पर्धा हुनेछ।

    यसअघि मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्बल विजयी भएको छ। आर्मीको यो सान्त्वना जित मात्र हो। आर्मी प्रतियोगताबाट बाहिरिसकेको छ। लिग चरणबाट बाहिरिसकेका दुई टोलीबिचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो।

    कर्णाली लिग चरणबाट बाहिरिसकेको छ। पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा आर्मीले कर्णालीलाई २५-१३, २५-६ र २५-१५ ले विजयी भएको हो। मंगलबार नै भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लब विजयी भएको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा पुरुषतर्फ आज पनि ४ खेल हुनेछन्।नेपाल भलिबल संघको आयोजनामा भएको खेल जेठ १५ गतेसम्म सञ्चालन हुनेछ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP