• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

    • lumbinisanjal
    • २०८१ माघ १७, बिहीबार ०८:३६
    2K
    SHARES
    विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

    बुटवल माघ १७ । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी गाजामा जीवितै रहेको बताएको छ। द टाइम्स अफ इजरायलका अनुसार गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको भनाई इजरायलका सरकारी अधिकारीको छ। नाम उल्लेख नभए पनि ति नेपाली हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता विपिन जोशी भएको अनुमान छ।इजरायली अधिकारीले द टाइम्स अफ इजरायलाई जनाए अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्ने सूची सार्वजनिक गरेको छ ।

    यो सूचीमा भने नेपाली बन्धक परेका छैनन्।हमासले रिहा गर्ने तीन जनाको नाम मात्र सार्वजनिक गरेको छ। जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन्। उनीहरुसहित ५ जना थाई बन्धक पनि रिहा हुने भएका छन्।‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्।

    तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ,’ द टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। जनवरी १९ देखि इजरायल र हमासबीच युद्धविराम भएको थियो। युद्धविराम सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्। हमासबाट आज तेस्रोपटक बन्धक रिहा गर्ने तयारी भएको हो।



    lumbinisanjal   
  • २०८१ माघ १७, बिहीबार ०८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP