• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा लाइसेन्स दिलाइदिने नाममा ठगी : २ बिचौलिया प्रहरी नियन्त्रणमा

    • lumbinisanjal
    • २०८२ चैत्र १९, बिहीबार १८:४४
    1.4K
    SHARES
    बुटवलमा लाइसेन्स दिलाइदिने नाममा ठगी : २ बिचौलिया प्रहरी नियन्त्रणमा

    बुटवल, १९ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छिटो दिलाइदिने प्रलोभन देखाउँदै सेवाग्राहीबाट अतिरिक्त शुल्क असुल गर्दै रसिद काट्ने कार्य भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरका २५ वर्षीय सरोज खनाल र गुल्मी रेसुङ्गा नगरपालिका–९ स्थायी घर भई हाल बुटवल–१३ बेलबास बस्दै आएकी ३७ वर्षीया कुसुम मरासिनी रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूले यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई प्रभावमा पार्दै अवैध रूपमा रकम असुल गरी बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए। सोही क्रममा रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र १९, बिहीबार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP