• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    “तरुणको एकता, आजको आवस्यकता : रुपन्देहीमा भव्य तरुण भेला सम्पन्न”

    • lumbinisanjal
    • २०८२ आश्विन ११, शनिबार १२:१५
    7.6K
    SHARES
    “तरुणको एकता, आजको आवस्यकता : रुपन्देहीमा भव्य तरुण भेला सम्पन्न”

    बुटवल, ११ असोज । नेपाल तरुण दल रुपन्देही क्षेत्र नं–२ र तरुण दल बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा सोमबार बुटवलमा भव्यरुपमा तरुण भेला सम्पन्न भएको छ ।

    तरुण भेलाको अध्यक्षता नेपाल तरुण दल रुपन्देही क्षेत्र नं–२ का सभापति हसन्त लामाले गर्नुभएको थियो ।

    भेलामा प्रमुख अतिथिका रुपमा सहभागी नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले जेनजीको नाममा अराजक समुहको चुनौती र अस्थिरतालाई सामना गर्न तरुणहरुको एकता अपरिहार्य रहेको बताउनुभयो । उहाँले तरुण दलले देशभर जनताबीच पार्टीको विचार र मूल्य–मान्यतालाई आत्मसाथ गर्दै समाजलाई सकारात्मक बाटो देखाउने जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं–२ का क्षेत्रीय सभापति प्रजापाल गिरीले तरुणदलले सदैव पार्टीलाई ऊर्जा दिने काम गरेको भन्दै आगामी दिनमा लोकतन्त्र, विकास र जनताको पक्षमा अझ सबल ढंगले संगठन निर्माण गर्ने संकल्प व्यक्त गर्नुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै तरुण दल रुपन्देहीका जिल्ला कोषाध्यक्ष बासु बस्यालले भेला मार्फत संगठनलाई अझै सशक्त बनाउन र युवा पुस्तालाई सक्रिय बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

    अध्यक्ष हसन्त लामाले आफ्नो भनाइ प्रस्तुत गर्दै जेनजी आन्दोलनको नाममा भइरहेको अराजकता र तोडफोडलाई कडा रूपमा निन्दा गर्दै तरुण दल रुपन्देही क्षेत्र नं–२ र बुटवल उपमहानगरपालिकाले सदैव लोकतान्त्रिक आन्दोलन, संगठन सुदृढीकरण र समाज सेवा प्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले तरुण युवाहरुले देशको नेतृत्व गर्नुपर्ने समय आएको भन्दै संगठनभित्र अनुशासन, प्रतिबद्धता र पारदर्शिता कायम राखेर पार्टीलाई अझ उचाइमा पुर्‍याउने संकल्प व्यक्त गर्नुभयो ।

    भेलामा तरुण दल पुर्व केन्द्रिय सचिब चिरञ्जीवी जोशी , नेपाली कांग्रेसका नेताहरु, तरुण युवाहरु, शुभेच्छुक र कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

    दशैं, तिहारको शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रमको सञ्चालन गर्दै बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुनले रुपन्देहीमा हामी एकजुट रहेको र सदैव रहने प्रण गर्नुभयो । साथै उहाँले क्षतीग्रस्त देशलाई मलजल गर्ने काम तरुणको काधमा रहेको र सवै मिलेर गोलबद्ध हुनेकुरा व्यक्त गर्नुभयो ।

    नेपाली कांग्रेसलाई अप्ठ्यारो पर्दा सधै काध थाप्ने संगठन तरुण दलले देशलाई नै अप्ठ्यारो पर्दापनी काध थापेर अघि बढ्न तयार रहेको र बढ्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ आश्विन ११, शनिबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP