• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

    • lumbinisanjal
    • २०८२ फाल्गुन १७, आईतवार १७:३४
    689
    SHARES
    ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

    काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा क्षेत्र नम्बर ५ मा गायिका ज्योति मगर पुगेकी छन् ।

    लोक दोहोरी गायिका तथा डान्सर रहेकी मगर एमालेको एघारौँ महाधिवेशनमा पनि अध्यक्ष ओलीलाई सघाउन भृकुटीमण्डपमा उपस्थित भएकी थिइन् ।

    विभिन्न अभिव्यक्तिमा पनि नयाँ पार्टीभन्दा नेकपा एमाले र पुराना पार्टी नै राम्रो भएको बताउँदै आएकी मगर नेकपा एमाले निकट मानिन्छन् ।

    मगरले झापा क्षेत्र नम्बर ५ मा ओलीसँगै विभिन्न मतदातालाई भेटघाट गर्ने तथा चुनावी घरदैलोमा सहभागी हुने कार्यक्रम छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १७, आईतवार १७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP