• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ चैत्र १८, बुधबार ०९:०५
    572
    SHARES
    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौँ,१८ चैत । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ ।

    बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभामा रहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।

    राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान भएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १८, बुधबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP