• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘राजनीति पद होइन, जनसेवाको जिम्मेवारी हो’ : चुन्नप्रसाद पौडेल

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार १५:०७
    2.3K
    SHARES
    ‘राजनीति पद होइन, जनसेवाको जिम्मेवारी हो’ : चुन्नप्रसाद पौडेल

    बुटवल, २२ माघ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको स्पष्ट पार्नुभएको छ ।
    नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४ ट्राफिक चोकमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफू राजनीतिमा प्रवेश गर्नुअघि पनि र प्रवेश गरेपछि पनि सामाजिक उत्तरदायित्वबाट कहिल्यै अलग नभएकोे बताउनुभयो । “सामाजिक क्षेत्रमा म सधैं अग्रणी भूमिकामै रहेँ, राजनीति पनि सेवा गर्ने अर्को माध्यम हो,” उहाँले भन्नुभयो ।
    पौडेलले आफूले आर्जन गरेको आम्दानीको केही हिस्सा निरन्तर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले बुवा–आमाको नाममा नागरिक समाजलाई एम्बुलेन्स हस्तान्तरण, गुल्मेली समाजका लागि मन्दिर, सभाहल र पार्क निर्माण, रेडक्रस भवनमा सभाहल निर्माण तथा खेलकुद क्षेत्रमा प्रमुख प्रायोजकका रूपमा गरेको सहयोगलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि पनि सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले स्वर्गीय सूर्यप्रसाद प्रधानले देख्नुभएको सपना साकार पार्न उहाँका असल कामको मार्ग अनुसरण गर्दै अघि बढ्ने बताउनुभयो । साथै बुटवलका वडा नम्बर ३ र ४ मा पहिरो जोखिम न्यूनीकरणका लागि थप योजनाहरू अघि सारिने, उद्योग सञ्चालनमार्फत हजारौँलाई रोजगारी सिर्जना भइसकेको र आगामी दिनमा अझ व्यवस्थित ढंगले रोजगारी विस्तार गरिने जानकारी दिनुभयो ।
    कार्यक्रम वार्ड सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, महासमिति सदस्य जमुना ढकाल, दीर्घबहादुर केसी, सबिता शाक्य, महेश थैव, महासमिति सदस्य तथा समानुपातिक उम्मेदवार रिता सेन ओलीलगायतले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै बक्ताहरुले कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै नयाँ सोच, संकल्प र योजनासहित अघि बढेको उल्लेख गर्दै “बदलिएको कांग्रेसको प्रतिनिधि चुन्नप्रसाद पौडेल हुनुहुन्छ,”  उहाँलाई बिजय बनाउन सवै अग्रसर भएर लाग्नुपर्छ ।  विगतमा झुटा आश्वासन बाँड्दै आएका सांसदलाई अब विश्राम दिने समय आएको र यो बेला सवै एकजुट भएर लाग्नुपर्ने बताए ।
    आसन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–२ बाट पौडेललाई विजयी गराउने उद्देश्यसहित नेपाली कांग्रेसले वडा स्तरमै संगठन सुदृढ गर्न वडा कार्यालय उद्घाटन गरेको हो ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP