• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

    • lumbinisanjal
    • २०८२ चैत्र १४, शनिबार ०७:४५
    1.5K
    SHARES
    नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

    बुटवल ,१४ चैत  । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

    आज(शनिबार) बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए ।

    पूर्वबाट पश्चिम(बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।

    ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए ।

    दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षका गोबिन बुढा, र पहिचान नखुलेका २५/२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरुको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । त्यसैगरी घाइते हुनेमा बसका चालक रोल्पा माडी बस्ने २४ वर्षिय हिमाल घर्ती, सोही ठाउँका १९ वर्षका किरण पुन, रोल्पा परिवर्तन–४ बस्ने मरिचमान घर्ती घाइते भएका छन् । त्यसैगरी सोही ठाउँ बस्ने ४८ वर्षका सुशिला नेपाली, वर्ष ५८ का मोतिलाल डाँगी, वर्ष ६२ का झुपबहादुर घर्ती र वर्ष ६२ का तीर्थबहादुर पुन छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र १४, शनिबार ०७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP