• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

    • lumbinisanjal
    • २०८२ भाद्र २०, शुक्रबार २२:३८
    1.6K
    SHARES
    फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

    काठमाडौं, २० भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै काठमाडौं महानगरपालिका मेयर बालेन शाहले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

    शाहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, “फेसबुक बन्द गरेर नि तनाव हुन्दो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !”

    उनको यस अभिव्यक्तिलाई सरकारको कदमप्रति गरिएको प्रत्यक्ष कटाक्षका रूपमा लिइएको छ। सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउँदा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै विभिन्न क्षेत्रमा आलोचना भइरहेको बेला मेयर शाहको टिप्पणीले थप चर्चा पाएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र २०, शुक्रबार २२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP