• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ‘क्यान बिटीसी समिट २०२६’ : एआईसहित नयाँ प्रविधिको भव्य प्रदर्शन

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार १७:०६
    2.2K
    SHARES
    बुटवलमा ‘क्यान बिटीसी समिट २०२६’ : एआईसहित नयाँ प्रविधिको भव्य प्रदर्शन

    बुटवल, १२ चैत । विश्व बजारमा भित्रिएका नयाँ प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित बुटवलमा दुईदिने क्यान बिटीसी समिट २०२६ आयोजना हुने भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) रुपन्देहीको आयोजनामा (१३,१४) गते  शुक्रबार र शनिबार गरि दुई दिन मिलनचोकस्थित सिद्धार्थ कटेजमा समिट सञ्चालन हुने जनाइएको छ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले समिटको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार समिटमार्फत विश्व बजारमा विकसित भइरहेका नवीन प्रविधिबारे एउटै थलोमा जानकारी लिन र बुझ्न सकिनेछ।

    विशेषगरी पछिल्लो समयका एआईमा आधारित हार्डवेयर तथा सफ्टवेयर उत्पादनहरूको प्रदर्शन गरिने उनले बताए।
    उत्पादक तथा आपूर्तिकर्ता र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने माध्यमका रूपमा समिट महत्वपूर्ण रहने अध्यक्ष अधिकारीको भनाइ छ। यसले लुम्बिनी प्रदेशका व्यवसायीहरूलाई नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    समिटमा डिम्यास, इलिष्टा, र्यापो, क्लाउडलिंक प्रालि, एचएमसी, डाउहा, हिक्सी, हन्टकी, पीएनवाई, सनसाइट, टेन्डी, सिफ्ट टेक्नोलोजी, प्लस प्रो, डिजिटल सप्लायर्स, सार्प, सागर एक्स ल्याब, भट्रेक्स पेन्टमसहित केयर सिस्टम वर्क, टिपीलिंक, युसप, सास्वत, डाइनामिक, सीएसआईटी, मारिया एजुकेसनलगायतका कम्पनी तथा स्थानीय उत्पादकहरूको सहभागिता रहने जनाइएको छ।

    समिटमा २१ वटा स्टल रहनेछन् भने दुई दिनमा करिब पाँच हजार उपभोक्ता लाभान्वित हुने अनुमान गरिएको सचिव सुरेश भट्टराईले बताए। समिटमा एआईमा आधारित नयाँ उत्पादनहरू अवलोकन तथा जानकारी लिन सकिनेछ भने बुकिङमा विशेष छुटको व्यवस्था पनि गरिनेछ। दोस्रो दिन अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ।

    कार्यक्रममा क्यानका केन्द्रीय सचिव नारायण श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायणप्रसाद खनाल तथा पूर्व अध्यक्ष रामुदेव गौतमको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP