• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति

    • lumbinisanjal
    • २०८२ श्रावण ११, आईतवार १७:२८
    4.1K
    SHARES
    स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति

    काठमाडौं,११ साउन । स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ ।

    राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरूलाई पत्राचार गर्दै स्थानीय तहको वाणिज्य बैंकमा ‘ग’ वर्गको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने जनाएको हो ।

    ‘सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम सम्बन्धित स्थानीय तहको ‘ग’ समूहको खाता सञ्चालन गर्न यस बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंक शाखामा ‘ग–५.२ स्थानीय तह, समिति बोर्ड, कोष’ समूहको खाता सञ्चालन गर्न यस बैंकको थप स्वीकृति आवश्यक नपर्ने ब्यहोरा निर्णयअनुसार अनुरोध छ’ राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण ११, आईतवार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP