• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा विद्युतीय क्रान्ति : ‘एथर रिज्टा एस’ चैत १३ मा सार्वजनिक, ९९९ मै बुकिङ खुला

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार १७:३३
    1.1K
    SHARES
    बुटवलमा विद्युतीय क्रान्ति : ‘एथर रिज्टा एस’ चैत १३ मा सार्वजनिक, ९९९ मै बुकिङ खुला

    बुटवल ,११ चैत । नेपालका लागि एथर ईभी स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही चैत १३ मा उक्त स्कुटरको औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गर्न लागिएको हो ।

    एथर ब्रान्डप्रति उपभोक्ताको सकारात्मक प्रतिक्रिया बढ्दै गएको र पेट्रोलियम पदार्थको गहिरिदो संकटलाई ध्यानमा राखेर नयाँ मोडलको स्कुटर बजारमा ल्याउन लागिएको बैद्य ईनर्जी प्रा.लि, बुटवलका ईसी ईन्चार्ज पुजन बस्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार रिज्टा एसलाई नेपाली प्रयोगकर्ताको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको छ । यसले दैनिक प्रयोगमा सहजता र किफायती मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ, भने प्रयोगकर्तालाई पनि आरामदायि यात्रा गराउने उहाँको भनाई छ ।

    कम्पनीले विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने विश्वास लिइएको छ। ग्राहकहरूले केवल ९९९ रुपैयाँमा स्कुटर बुक गर्न सक्नेछन भने उक्त रकम पूर्ण रूपमा फिर्ता योग्य रहेको बस्यालले जानकारी दिनुभयो ।

    प्रारम्भिक बुकिङ गर्ने ग्राहकहरूले विशेष परिचयात्मक मूल्यको लाभ समेत पाउने कम्पनीले जनाएको छ । प्राविधिक विशेषताअनुसार, एथर रिज्टा एसले सिंगल चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिन्छ भने फास्ट चार्जिङमार्फत १० मिनेटमै १५ किलोमिटर थप दूरीका लागि चार्ज गर्न सकिन्छ ।

    यसमा ३४ लिटरको अन्डरसिट स्टोरेज, ८० किमीरघण्टासम्मको गति, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्टजस्ता सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    स्कुटरमा ५ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टीसमेत दिइने भएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीको दाबी छ । वैद्य इनर्जी प्रालिका अनुसार एथर रिज्टा एस चैत १३ गतेदेखि देशभर आधिकारिक रूपमा उपलब्ध हुनेछ र एथर एक्सपिरियन्स सेन्टरमार्फत बिक्री वितरण गरिनेछ ।

    कम्पनीले अहिलेसम्म उपलब्ध स्कुटर ३ लाख २५ हजार देखि ४ लाख सम्मका रहेको जनाएको छ भने १३ गते पछाडि भने ३ लाख भित्रमै नयाँ मोडलको स्कुटर ल्याउने तयारी गरेको जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP