• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेलबाट गरे शपथ ग्रहण

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार १२:१५
    1.1K
    SHARES
    प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपति पौडेलबाट गरे शपथ ग्रहण

    काठमाडौं ,११ चैत । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    ७५ वर्षीय केसीले बुधबार बिहान प्रतिनिधसभाको जेष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् । केपी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

    प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ । सोहीअनुसार सिंहले बिहीबार अन्य प्रतिनिधसभा सदस्यलाई शपथ गराउने कार्यसूची रहेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP