• २०८३ श्रावण १४ | Thu, 30 Jul 2026
  • Dark Mode

          Subscribe

    कोशी, बागमती, गण्डकीसहित मधेश प्रदेशमा वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८३ जेष्ठ ६, बुधबार ०९:३०
    507
    SHARES
    कोशी, बागमती, गण्डकीसहित मधेश प्रदेशमा वर्षाको सम्भावना

    बुटवल , ६ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ६, बुधबार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP