• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अमरेशकुमार सिंहका साथमा जानकी मन्दिरको आरतीमा पुगे बालेन

    • lumbinisanjal
    • २०८२ माघ ५, सोमबार ०७:०६
    1.1K
    SHARES
    अमरेशकुमार सिंहका साथमा जानकी मन्दिरको आरतीमा पुगे बालेन

    काठमाडौं ,०५ माघ ।  आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहानै जानकी मन्दिर पुगेका छन् ।

    बिहान ६ बजे अगाडि नै जानकी मन्दिर पुगेर उनले दर्शन गरेका हुन् । मन्दिर पुग्दा उनको साथमा पूर्वसांसद अमरेशकुमार सिंहसमेत साथमै देखिए ।

    राति नै मन्दिर पुग्दासमेत बालेनका समर्थकको भीड लागेको थियो । बालेन जनकपुरमा रास्वपाले गर्न लागेको चुनावी सभामा सम्बोधन गर्न जनकपुर पुगेका हुन्।

    आइतबार मात्र काठमाडौंको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपा कार्यालयमा पदभार ग्रहण गरेर जनकपुरधाम पुगेका हुन् ।



    lumbinisanjal   
  • २०८२ माघ ५, सोमबार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP