• २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी सहित पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • lumbinisanjal
    • २०८२ असार २१, शनिबार ०७:१५
    3.1K
    SHARES
    लुम्बिनी सहित पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं,२१ असार । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

    महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।



    lumbinisanjal   
  • २०८२ असार २१, शनिबार ०७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP