• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तिनाउ खोलामा डुबेर दुई भारतीय युवक बेपत्ता

    • lumbinisanjal
    • २०८२ चैत्र ८, आईतवार १६:११
    1K
    SHARES
    तिनाउ खोलामा डुबेर दुई भारतीय युवक बेपत्ता

    बुटवल ,८ चैत । तिनाउ खोलामा डुबेर दुई जना भारतीय युवक बेपत्ता भएका छन् । आइतबार दिउँसो साढे १ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडनजिकै तिनाउ खोलामा नुहाउने क्रममा दुई युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    भारतको सन्तनगरबाट साथीहरूसँग घुम्न आएका १७ वर्षीय फरान अन्सारी र १७ वर्षकै अमान अन्सारी तिनाउ खोलामा डुबेर बेपत्ता भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मोहन खड्काले जानकारी दिए ।

    उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ड्यामसाइड क्षेत्रमा हरेक वर्ष पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा मानिसहरू डुबेर ज्यान गुमाउँदै आएका छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र ८, आईतवार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP