• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    असिना पानीले बालीमा क्षति

    • lumbinisanjal
    • २०८२ चैत्र ३, मंगलवार १४:१९
    1K
    SHARES
    असिना पानीले बालीमा क्षति

    गुल्मी, ३ चैत । गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ । उहाँ रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किनु भएको छ । सोही स्थानकै मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भटकुवा आधारभुत विद्यालयमा पनि चट्याङ परेको छ । धुर्कोट गाउँपालिका-५ देउरालीकी कमला भुसालको घरमा चट्याङ पर्दा गारो चर्किएर घर नै जोखिममा परेको छ ।

    हावाहुरीले रुरु गाउँपालिका-५ काउले तागबासका थानिश्वर भण्डारीको गोठको छानो उडाउँदा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै सोही गाउँकै जनज्योती आधारभुत बिद्यालयको छानो उडाएको प्रहरी जनाएको छ ।

    त्यस्तै असिना र हुरीले गुल्मीमा किसानको सुन्तला जातमा फलफुल, आरु, आँप, तरकारी खेतीमा ठूलो क्षति गरेको छ ।

    अत्यधिक हुरीसहितको असिनाले किसानको टनेल च्यात्ने, उडाउने, ढलाउने लगायतको क्षति गरेको सत्यवति गाउँपालिका-३ का वडाध्यक्ष जित बहादुर तरामुले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रले बर्षाले मकै रोप्ने किसानलाई राहत गरेपनि असिनाले क्षति पुराएको बताउँदै विवरण संकलनको काम भइरहेको बताएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ३, मंगलवार १४:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP