• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आज यी स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

    • lumbinisanjal
    • २०८२ फाल्गुन २७, बुधबार ०९:५९
    897
    SHARES
    आज यी स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

    बुटवल , २७ फागुन । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखााका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। जसका कारण यतिबेला (बुधबार बिहान) कोसी प्रदेशको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल लागेको छ।

    मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

    अनि तराई तथा उपत्यकाका थोरै स्थानमा तुवाँलो पनि रहनेछ। कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

    यसैबिच दिउँसो काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

    ‘काठमाडौँ उपत्यकाका कतै-कतै छिटपुट हल्का वर्षा हुने सम्भावना छ’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘अनि आज दिनभर काठमाडौँ उपत्यकाको मौसम साधारणतया बदलीदेखि आंशिक बदलीको अवस्था रहने आकलन छ।’

    यसको अर्थ आज काठमाडौँ उपत्यकाको आकाशमा बादल लाग्नेछ भने बेलाबेला घाम पनि देखिने सम्भावना छ।

    यस्तै आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। कोसी र मधेस प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।

    यो पनि हेर्नुहोस्



    lumbinisanjal   
  • २०८२ फाल्गुन २७, बुधबार ०९:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP