• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मुल्य ह्वात्तै बढ्यो

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार ११:३६
    2.6K
    SHARES
    सुनको मुल्य ह्वात्तै बढ्यो

    काठमाडौं,३० जेठ । गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

    गत मंगलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ११:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP