• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भरत साहको प्रतिबद्धता : पूर्वाधारको तीव्र विकासदेखि ‘ग्रेटर लुम्बिनी’ परियोजनासम्म १० बुँदे भिजन

    • lumbinisanjal
    • २०८२ फाल्गुन १३, बुधबार १९:२८
    1.5K
    SHARES
    भरत साहको प्रतिबद्धता : पूर्वाधारको तीव्र विकासदेखि ‘ग्रेटर लुम्बिनी’ परियोजनासम्म १० बुँदे भिजन

    बुटवल , १३ फागुन । नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नंं ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार साहले प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मंगलबार भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच कांग्रेस उम्मेदवार साहले प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
    साहको प्रतिवद्धतापत्रमा विकासका एजेण्डालाई नै प्राथमिकता दिनुभएको छ । सडक, पुल, कल्भर्ट र सिंचाईलाई प्रतिवद्धतामा प्राथमिकतामा राखिएको छ ।

    उहाँले विकासका कुरासंगै १० बुँदे भिजन समेत प्रतिवद्धतापत्रमा समावेश गर्नुभएको छ । साहले रुपन्देही ५ को आधारभूत पूर्वाधारको विकासलाई प्राथमिकता दिने, खानेपानी, सडक, ऊर्जा र इन्टरनेटको पहुँच हरेक घरधुरीमा पु¥याउने, खोलामा तटबन्धका साथै बाँध बाँधेर रुपन्देही ५ को खेतमा पु¥याउने उल्लेख छ ।

    उहाँले शिक्षा, स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुभएको छ । लुम्बिनीमा मायादेवी मातृ शिशु अस्पताल स्थापना गर्ने, सामुदायिक विद्यालयको भौतिक विकास गरि पढाईलाई गुणस्तरीय बनाउने, विद्यालय छोडेका विद्यार्थीलाई विद्यालयमा भर्ना गरि उनीहरुलाई निशुल्क अध्ययनको वातावरण बनाउने प्रतिवद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।

    साहले प्रतिवद्धतापत्रमा ग्रेटर लुम्बिनीको बिषय समेत उठाउनु भएको छ । जसमा ’ग्रेटर लुम्बिनी’ परियोजनाले रुपन्देही क्षेत्र नं. ५ लाई मात्र नभई समग्र नेपालको पर्यटन र समृद्धिलाई नयाँ उचाइमा पु¥याउने उल्लेख गरिएको छ ।

    त्यसैगरी कञ्चन, घमाहा, तुलबुलिया लगायत ७ वटा खोलाहरूमा व्यवस्थित तटबन्ध र बाँध निर्माण गरी यस क्षेत्रलाई बाढीबाट सुरक्षित राख्ने उल्लेख गरिएको छ ।

    त्यसैगरी कला, संस्कृति, कृषि र जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने संकल्प पनि साहको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस उम्मेदवार साहले शिक्षालाई सिपमूलक बनाउने कुरा उल्लेख गर्नुभएको छ । साहले अव देशको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्दै कांग्रेसले युवा नेता गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकोले देशभरका कांग्रेसका नेता कार्यकर्ताहरुमा उत्साह सिर्जना भएको समेत उल्लेख गर्नुभयो ।

    प्रतिवद्धतापत्रमा युवाहरूलाई आत्मनिर्भर बनाउने र उद्यमशीलताको विकास गर्ने, कृषिमा आत्मनिर्भरता र किसानको सम्मान गर्ने उल्लेख छ । उहाँले आफू निर्वाचित भए रुपन्देही क्षेत्र नं. ५ मा रहेका अधुरा विकासका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १३, बुधबार १९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP