• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’ गठन

    • lumbinisanjal
    • २०८२ फाल्गुन १२, मंगलवार १७:३३
    2.7K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित ‘टास्क फोर्स’ गठन

    बुटवल ,१२ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले ‘टास्क फोर्स’ गठन गरेको छ । निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ ।

    विशेष गरी निर्वाचन अवधिमा सार्वजनिक विदा हुने भएकाले उक्त समयमा समेत परिचालित हुने गरी फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दलले काम गर्नेगरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए । अस्पतालका आकस्मिक विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा. मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट १ जना फोकल पर्सन रहनेगरी समिति गठन गरिएको उनले जानकारी दिए । अस्पतालको नियमित सेवा वाहेक यो समितिले निर्वाचनको अवधिमा आइपर्ने स्वास्थ्य समस्यालाई मध्ययनजर गरी उपचार सेवामा खटिने व्यवस्था गरिएको प्रमुख गौतमले जानकारी दिए ।

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले निर्वाचनलाई सफल बनाउनका लागि स्वास्थ्यको क्षेत्रबाट आफूहरुले गर्न सक्ने योगदानका रुपमा यो कार्यक्रमलाई लिइएको जानकारी दिए । जनताको स्वास्थ्य सेवाप्रति अस्पताल संवेशनशिल भएको बताउँदै उनले कुनै पनि अवस्थामा स्वास्थ्यको सहज पहुँचका लागि सधै प्रतिवद्ध रहेको बताए ।

    अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्वाचन निस्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अस्प्तालको तर्फबाट आवश्यक स्वास्थ्य सेवालाई उक्त अवधिमा थप प्रभावकारी बनाउन टास्क फोर्स गठन गरिएको बताए । जनको स्वास्थ्य सेवाका सम्बन्धमा अस्पताल परिवार सधै संवेदनशिल रहेको बताउँदै उनले खास परिस्थितीहरुमा थप प्रभावकारी बनाउने प्रयास स्वरुप विशेष स्वास्थ्य सेवा दलको अवधारणा अघि सारिएको उल्लेख गरे ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १२, मंगलवार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP