• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार ११:२५
    1.8K
    SHARES
    सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ,११ चैत । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि ४१५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ९२० रुपैयाँ कायम भएको छ ।

    मंगलबार चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP