• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा मोटरसाइकल ग्यारेजमा आगलागी, ६० लाख बराबरको क्षति

    • lumbinisanjal
    • २०८२ पुष ७, सोमबार १८:३३
    1.8K
    SHARES
    गुल्मीमा मोटरसाइकल ग्यारेजमा आगलागी, ६० लाख बराबरको क्षति

    गुल्मी ,०७ पुस । गुल्मीमा मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा अन्दाजी ६० लाखको क्षती भएको छ ।

    सदरमुकाम तम्घासको बसपार्कमा संचालन भएको सुजता अटो वर्कसपमा आगलागी भएको हो ।

    सोमबार बिहान ११ः५५ मा भएको आगलागीबाट ग्यारेज संचालन भएको घर, ग्यारेजमा भएका मोटरसाइकल, मोबिल लगायत मोटरसाइकलका सम्पूर्ण सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीमा परेर वर्कसप संचालक विक्रम सुनारको बाँया हात, अनुहार र बाँया खुट्टामा सामान्य चोट लागेको छ ।

    उनलाई गुल्मी अस्पतालमा उपचारपछि घर फर्काइएको छ । मोटरसाइकल मर्मत गर्दा बिद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ पुष ७, सोमबार १८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP