• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको सत्यवती माविमा जलवायु मापन केन्द्र स्थापना

    • lumbinisanjal
    • २०८२ फाल्गुन ५, मंगलवार १४:३३
    884
    SHARES
    गुल्मीको सत्यवती माविमा जलवायु मापन केन्द्र स्थापना

    गुल्मी, ०५ फागुन । गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती माविमा जलवायु मापन केन्द्र स्थापना गरिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम केन्द्रीय विभाग र University of Lausanne को संयुक्त परियोजनामा केन्द्र स्थापना भएको हो।

    भौगर्भिक विज्ञ डा. कबिराज पौड्यालका अनुसार मनाङपछि दोस्रो पटक यस्तो केन्द्र गुल्मीमा स्थापना गरिएको हो। केन्द्रबाट तापक्रम, आद्रता र वर्षासम्बन्धी आधिकारिक तथ्याङ्क नियमित रूपमा संकलन गरिनेछ। यसले सत्यवती गाउँपालिकासहित समग्र गुल्मी जिल्लाका लागि उपयोगी र प्रमाणिक सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    डा. पौड्यालले केन्द्रले विद्यार्थी र शिक्षकहरूलाई अनुसन्धानमुखी तथा व्यवहारिक सिकाइमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। स्थापना पश्चात् विद्यालयमा आयोजित कार्यक्रममा डा. पौड्यालसहित मौसम तथा जलवायु विज्ञ डा. बिनोद दवाडी र समाजशास्त्र तथा मानवविज्ञान विज्ञ जीवन पौडेलको टोलीले केन्द्रको उपयोगिता र सञ्चालन विधिबारे सहजीकरण गरेको थियो ।

    टोलीले बडिगाड नदी क्षेत्र, रुद्रबेणी–वामी सडकखण्ड तथा आसपासका पहिरो प्रभावित स्थानहरूको स्थलगत अवलोकनसमेत गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो। पहिरोका कारण र न्यूनीकरण उपायबारे स्थानीय तहलाई उपयोगी सुझावसमेत दिइएको बताइएको छ।
    सत्यवती माविमा हाल ५२७ विद्यार्थी अध्ययनरत छन्। गत वर्षको एसइई परीक्षामा सृजित भण्डारी र अर्जुन भण्डारीले ४ जीपीए प्राप्त गरी विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्‍याएका थिए।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ५, मंगलवार १४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP