• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता सम्पन्न

    • lumbinisanjal
    • २०८२ फाल्गुन ५, मंगलवार १०:२८
    1.1K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता सम्पन्न

    बुटवल, ४ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार कविता प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११६ औं वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत कविता प्रतियोगिता सम्पन्न भएको हो ।

    प्रतियोगितामा सुनिता अर्याल प्रथम भएकी छन् । विजय आचार्य द्वितीय तथा रुपलाल पन्थी तृतीय हुन सफल भएको कविता प्रतियोगिता कार्यक्रमका संयोजक दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच कविता प्रतियोगिता भएको थियो ।

    कार्यक्रममा निर्णायकको भूमिकामा रहुनभएका डा.नारायणप्रसाद पन्थ तथा साहित्यकार दलबहादुर गुरुङले साहित्यको माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतियोगिताको निर्णय सुनाउँदै निर्णायक कवि दलबहादुर गुरुङले कवितामा बिम्ब,प्रतिबिम्ब र अलङ्कारलाई जोड दिदै प्रस्तुति तथा वाचनशैली विशेष हुनुपर्ने बताउनुभयो अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

    प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुलाई डा.ज्ञानहरि मरासिनीले लुम्बिनी प्रादेशिक अस्पतालमा भएको कविता प्रतियोगिताले अस्पतालको इतिहास, डाक्टर, नर्स र कर्मचारीहरुको भूमिकालाई कवितामार्फत् उजागर गरेको बताउँदै आफू कविताले भावुक भएको समेत बताउनुभयो ।

    वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ५, मंगलवार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP