• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

    • lumbinisanjal
    • २०८२ माघ २९, बिहीबार १८:५१
    1.1K
    SHARES
    नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

    बुटवल ,२९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

    नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरू बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रुपमा स्थापित गराउनुपर्ने उनले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरू नै पर्याप्त रहेको दाबी गरे ।

    नयाँ सोचका साथ निर्वाचनमा जाँदै गर्दा राजनीतिक रूपान्तरणको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ ।



    lumbinisanjal   
  • २०८२ माघ २९, बिहीबार १८:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP