• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

    • lumbinisanjal
    • २०८२ माघ १, बिहीबार ११:१८
    1.5K
    SHARES
    सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

    सुनसरी,१ माघ । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    विराटनगरबाट मार्बल बोकेर आज बिहान राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा भएको दुर्घटनामा तीनजना घाइते भएका छन् ।

    मृत्युहुनेमा सुनसरी बर्जु वडा नम्बर १ का एकै बस्तीका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु–१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।

    ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो ।

    क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ। चालक भने फरार रहेको जनाइएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ १, बिहीबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP